आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

सारांश

  • आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ ।
  • प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
  • संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।

१२ वैशाख, काठमाडौं ।

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसयता केही समय सांसदहरु फुर्सदिला भएका थिए । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेपनि शिक्षकहरुको आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही दिन अगावै बोलाइएको हो । शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । तीन सातादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुआतीमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ । तर, शिक्षकहरुले भने विश्वास गरेका छैनन् । आन्दोलन जारी राखेका छन् ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ’, बर्तौलाले भने, ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’ यसबाहेक आज संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै
गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै
२२ किलो लागूऔषध चरेशसहित तीन जना पक्राउ
२२ किलो लागूऔषध चरेशसहित तीन जना पक्राउ
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ