२६ जेष्ठ २०८२, आईतवार

दुईजनासँग सुन ठगेर फरार महिला पक्राउ

 

११ वैशाख,पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने पोखरा महानगरपालिका–३१, बागमारा बसोबास गर्दै आएकी ४५ वर्षीय मनमाया थापा हुन् ।प्रहरीका अनुसार, थापाले २०८१ मंसिर २९ गते पोखरा–३१ की ७२ वर्षीया महिलालाई विवाहमा जानुपर्ने भन्दै फकाएर सुनका गरगहना मागेकी थिइन् ।

ती महिलाबाट कालो माला, बेरुवा औँठी र सादा औँठी गरी अन्दाजी चार लाख ८७ हजार मूल्य बराबरका गरगहना लिएर थापा फरार भएकी थिइन् । त्यसैगरी, उनले २०८१ भदौ २६ गते पोखराको बागलुङ बसपार्कस्थित एक सुन पसलबाट विभिन्न किसिमका गरगहना (सिक्री, बल, मुन्द्रा, मिनिहार, पिन्जडा, हेन्ड चेन आदि) अन्दाजी सात लाख ५४ हजार रुपैयाँ बराबरका खरिद गरेकी थिइन् । त्यसको भुक्तानी स्वरूप दिएको चेक बैंकमा साट्न जाँदा सही नमिल्ने भन्दै अस्वीकृत भएको र त्यसपछि उनी सम्पर्कविहीन बनेको जाहेरीमा उल्लेख गरिएको छ ।

उक्त दुई घटनामा परेका उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले वैशाख १० गते पोखरा वडा नं. १० बाट थापालाई पक्राउ गरेको हो । पक्राउपश्चात ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी आरोपमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?