दुईजनासँग सुन ठगेर फरार महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
८२ पटक हेरिएको
Shares
दुईजनासँग सुन ठगेर फरार महिला पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्ने पोखरा महानगरपालिका–३१, बागमारा बसोबास गर्दै आएकी ४५ वर्षीय मनमाया थापा हुन् ।
  • प्रहरीका अनुसार, थापाले २०८१ मंसिर २९ गते पोखरा–३१ की ७२ वर्षीया महिलालाई विवाहमा जानुपर्ने भन्दै फकाएर सुनका गरगहना मागेकी थिइन् ।

११ वैशाख,पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने पोखरा महानगरपालिका–३१, बागमारा बसोबास गर्दै आएकी ४५ वर्षीय मनमाया थापा हुन् ।प्रहरीका अनुसार, थापाले २०८१ मंसिर २९ गते पोखरा–३१ की ७२ वर्षीया महिलालाई विवाहमा जानुपर्ने भन्दै फकाएर सुनका गरगहना मागेकी थिइन् ।

ती महिलाबाट कालो माला, बेरुवा औँठी र सादा औँठी गरी अन्दाजी चार लाख ८७ हजार मूल्य बराबरका गरगहना लिएर थापा फरार भएकी थिइन् । त्यसैगरी, उनले २०८१ भदौ २६ गते पोखराको बागलुङ बसपार्कस्थित एक सुन पसलबाट विभिन्न किसिमका गरगहना (सिक्री, बल, मुन्द्रा, मिनिहार, पिन्जडा, हेन्ड चेन आदि) अन्दाजी सात लाख ५४ हजार रुपैयाँ बराबरका खरिद गरेकी थिइन् । त्यसको भुक्तानी स्वरूप दिएको चेक बैंकमा साट्न जाँदा सही नमिल्ने भन्दै अस्वीकृत भएको र त्यसपछि उनी सम्पर्कविहीन बनेको जाहेरीमा उल्लेख गरिएको छ ।

उक्त दुई घटनामा परेका उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले वैशाख १० गते पोखरा वडा नं. १० बाट थापालाई पक्राउ गरेको हो । पक्राउपश्चात ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी आरोपमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित