२६ जेष्ठ २०८२, आईतवार

कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ

 

११ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् । कश्मिरको हमलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका मोदीले सजाय गरेरै छाड्ने बताए । ‘जसले यो हमला गरेको छ । उसको हर हिसाबमा सजाय मिल्छ, मिल्छ,’ प्रधानमन्त्री मोदीले भनेका छन्, ।

‘उसको कल्पना भन्दा धेरै सजाय मिल्छ । सजाय मिल्छ नै ।’ उनले यो घटनापछि सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास जारी राखेको जानकारी पनि गराए । ‘यो आतंककारी हमलामा कतिले आफ्ना छोरा गुमाएका छन्, कसैले भाइ गुमाएका छन्, कतिले आफ्ना जीवनसाथी गुमाएका छन्,’ मोदीले भनेका छन् । उनले सिंगो देश नै एउटै आक्रोश र दुःखमा रहेको बताएका छन् । ‘यो हमला पर्यटकमाथि मात्रै भएको होइन । देशकै दुष्मनले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?