विपन्नलाई घर बनाउँदै भरतपुर महानगर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३१ पटक हेरिएको
Shares
विपन्नलाई घर बनाउँदै भरतपुर महानगर

सारांश

  • महानगरपालिकाले यस वर्षदेखि विपन्नका लागि घर बनाउने कार्यक्रम सुरु गरेको हो ।
  • सोही कार्यक्रमअन्तर्गत एक सय ३९ जना लाभग्राही छनोट गरिएको छ ।
  • महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार सुरक्षित घर बनाउन नसकेका नगरबासीको घर महानगरपालिकाले बनाइदिने योजना पलएको हो ।

११ वैशाखः चितवन, 

भरतपुर महानगरपालिकाले विपन्नहरूका लागि घर बनाउने भएको छ । महानगरपालिकाले यस वर्षदेखि विपन्नका लागि घर बनाउने कार्यक्रम सुरु गरेको हो । सोही कार्यक्रमअन्तर्गत एक सय ३९ जना लाभग्राही छनोट गरिएको छ । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार सुरक्षित घर बनाउन नसकेका नगरबासीको घर महानगरपालिकाले बनाइदिने योजना पलएको हो ।

गत मङ्सिर १३ गतेको कार्यपालिका बैठकबाट निर्णय गरी स्थानीय राजपत्रमा प्रकाशित गरेर कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । दाहालका अनुसार चालु आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरिएको छ । एउटा घर बनाउन रु पाँच खर्च हुने अनुमान गरिएको छ । छनोटमा परेका लाभग्राहीको प्राथमिकताका आधारमा क्रमशः घर बनाउँदै लगिने उहाँले जानकारी दिनुभयो । यस कार्यक्रमअन्तर्गत महानगरभित्र रहेका विपन्न नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकास गर्न विपन्न परिवारका लागि को सुरक्षित आवास निर्माण र हस्तान्तरण गर्नेगरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको महानगर प्रमुख दाहालले बताउनुभयो । ‘भरतपुर महानगर प्रमुख विपन्न आवास कार्याक्रम कार्यविधि’ बनाएर कार्यन्वयनमा ल्याएको कार्यक्रमका सदस्यसचि इञ्जिनियर साकार लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमअन्तर्गत लाभग्राही छनोट गरिसकिएको छ । वडा कार्यालयहरूबाट लाभग्राहीको लगत सङ्कलन गरी स्थलगत अनुगमनको काम सकिएको बताउँदै उहाँले भन्नुभयो, “पाँच सय भन्दा बढी “लाभग्राहीको आवेदन फारम परेको थियो । स्थलगत अनुगमन पछि एक सय ३९ जना छनोट भएका छन् ।” कार्यविधि अनुसार नौ वटा सूचकभित्र परेकाहरूको आवास निर्माण गरिने छ । “उक्त कार्यक्रमअन्तर्गत घरमा दुईवटा कोठा र शौचालय रहने छन् । घर टिनले छाइने छ । सेतो पूर्जा भएका, जग्गा धनी प्रमाणपूर्जा पाउन सक्ने, वडाले विवाद रहित ऐलेनी जग्गा भनी सिफारिस गरेको, वन, ताल, नदी र नहरको जग्गा अतिक्रमण नगरेका लाभग्राहीलाई कार्यक्रममा समावेश गरिएको छ”, इञ्जिनियर लामाले भन्नुभयो । ‘एक घर, एक परिवार’ अन्तर्गत आवास निर्माण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत
कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने
माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन
महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन