दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३१ पटक हेरिएको
Shares
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

सारांश

  • उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो ।
  • हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
  • पालिकाका अनुसार एउटा कल्भर्ट रु एक करोड १९ लाख र अर्को रु ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको हो ।

११ वैशाख, हेटौँडा

हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई वटा कल्भर्ट निर्माण गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो । हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पालिकाका अनुसार एउटा कल्भर्ट रु एक करोड १९ लाख र अर्को रु ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको हो ।

गाईगोरुको चोरी तस्करी बढ्दो मकवानपुरमा गाईगोरुको तस्करी निरन्तर बढ्न थालेको छ । गए राति पुर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–३ बसामाडीबाट २२ वटा पशुचौपायासहित चार जनालाई पक्राउ गरिएको छ । चितवनतबाट हेटौँडा आउँदै गरेको बा प्र ०३–००१ख ३४११ नम्बरको ट्रकलाई जाँच गर्दा भेटनरीको कागजात नभएका २२ वटा गोरुसहित ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका–२ निवासी २६ वर्षीय गणेश मगर, गोरखाको अजिरकोट गाउँपालिका–४ निवासी २५ वर्षीय सुरज परियार, २४ वर्षीय कुशल परियार, सुनसरीको भोक्राहा नगरसिंह गाउँपालिका–३ निवासी ५६ वर्षीय जीतेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत चैत २० गते राति सशस्त्र प्रहरी र पशु सेवा कार्यालय मकवानपुरको टोलीले हेटौँडा उपमहानगरपालिका–१५ नयाँबस्ती नजिकबाट गोरुसहितको मिनीट्रक नियन्त्रणमा लिएको थियो । नवलपरासीको गैँडाकोटबाट पथलैयाँतर्फ मिनीट्रकमा गोरु तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी र पशु सेवा कार्यालयको टोलीले १२ वटा गोरु र तीन वटा गाईसहित प्र २–००३–००१ ख ३७४९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो । गत फागुनमा पनि सशस्त्र प्रहरीले पथलैयाबाट २५ वटा गोरुसहित बा प्र ३–००१ ख १४२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
नेपालगञ्ज जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द
नेपालगञ्ज जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी