आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् ।
  • बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
  • ‘निजामती विधेयक अगाडि बढेको छ ।

१० वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।‘निजामती विधेयक अगाडि बढेको छ । आज यो विधेयक पास गर्ने तयारी पनि थियो । तर एकपटक प्रतिवेदन पढौं भन्ने कुरा भएको छ ।

यो प्रक्रिया पनि ठिक छ,’ महामन्त्री थापाले भने । यस्तो बेला कर्मचारी ट्रेड पनि सकारात्मक हुनुपर्ने उनको आग्रह छ । ‘विधेयक टुंग्याइरहेका बेला ट्रेड युनियनको आन्दोलन रोक्न म आग्रह गर्छु,’ महामन्त्री थापाले भने । यसअघि मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समितिमै उपस्थित भएर  विभिन्न १० बुँदे माग पेस गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन् । ‘७२ घन्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुनेछ,’ बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले भनेका थिए । निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुख असन्तुष्ट
संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुख असन्तुष्ट
घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु
घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ
रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर