लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
१० वैशाख, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment