भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु

सारांश

  • भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ ।
  • हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ ।
  • थुप्रै घाइते भएका छन् ।

९ वैशाख, काठमाडौं ।

भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ । हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ । थुप्रै घाइते भएका छन् । भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहरूको हत्या गरेका हुन् । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई पछिल्ला वर्षमा आम नागरिकमाथि भएको ठूलो हमला भनेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही घाइतेलाई उपचारका लागि अनन्तनागमा रहेको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

जम्मु–कश्मिरका स्वास्थ्यमन्त्री सकिना इटुका अनुसार अस्पतालमा भर्ना गरिएकामध्ये एकको अवस्था गम्भीर रहेको छ । जम्मु–कश्मिर घाटीमा पर्यटकहरूको आगमन हुने मुख्य सिजनमा चरमपन्थीहरूले आक्रमण गरेका हुन् । पहलगाम पर्यटकहरूका लागि लोकप्रिय मानिन्छ । यहाँ हरियाली घासे मैदान र नीला तालमा रमाउन यहाँ प्रत्येक वर्ष थुप्रै पर्यटक आउने गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई सरकारले नछाड्ने उनको भनाइ छ । जम्मु–कश्मिरका मुख्यमंत्री उमर अब्दुल्लाहले घटनापछि दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म स्तब्ध छु, आगन्तुकहरूमाथि भएको यो आक्रमण अत्यन्त निन्दनीय छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेलेखोला जलविद्युत आयोजना निर्माण
रेलेखोला जलविद्युत आयोजना निर्माण
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा सदस्यहरूसहित एमाले संसदीय दलको बैठक जारी
राष्ट्रिय सभा सदस्यहरूसहित एमाले संसदीय दलको बैठक जारी