तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् ।
  • साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।
  •   ‘साउदी अरेबियाको जेद्दाह जाँदै छु, जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु ।

९ वैशाख, जेद्दा ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् । साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।  ‘साउदी अरेबियाको जेद्दाह जाँदै छु, जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु । भारतले साउदी अरबसँगको आफ्नो ऐतिहासिक सम्बन्धलाई महत्त्व दिन्छ ।

विगत एक दशकमा द्विपक्षीय सम्बन्धले उल्लेखनीय गति लिएको छ । म रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा भाग लिन उत्सुक छु । म त्यहाँ रहेका भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्नेछु ।’ साउदी अरेबिया जानुअघि प्रधानमन्त्री मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा ट्वीट गर्दै भनेका थिए ।  मोदीको तेस्रो कार्यकालमा उनको यो पहिलो साउदी अरब भ्रमण हुनेछ । यसअघि उनले २०१६ र २०१९ मा त्यहाँ भ्रमण गरेका थिए ।

सेप्टेम्बर २०२३ मा जी२० शिखर सम्मेलनको छेको पारेर मोहम्मद बिन सलमानले भारतको भ्रमण गरेपछि यो भ्रमण भएको हो । सोही समयमा, रणनीतिक साझेदारी परिषद्को पहिलो बैठक पनि सम्पन्न भएको थियो । भ्रमणको क्रममा दुई देशबिच कयौँ सम्झौतामा हस्ताक्षर हुन सक्ने मोदीले बताएका छन् । सम्झौताहरू अन्तिम स्वीकृतिको चरणमा रहेका र भ्रमणको क्रममा पूर्ण विवरणहरू साझा गरिने पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
सुकुम्बासी : दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या ३ हजार नाघ्यो
सुकुम्बासी : दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या ३ हजार नाघ्यो
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै
एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु
काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन