Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
५१ पटक हेरिएको
Shares
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् ।
  • साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।
  •   ‘साउदी अरेबियाको जेद्दाह जाँदै छु, जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु ।

 

९ वैशाख, जेद्दा ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् । साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।  ‘साउदी अरेबियाको जेद्दाह जाँदै छु, जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु । भारतले साउदी अरबसँगको आफ्नो ऐतिहासिक सम्बन्धलाई महत्त्व दिन्छ ।

विगत एक दशकमा द्विपक्षीय सम्बन्धले उल्लेखनीय गति लिएको छ । म रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा भाग लिन उत्सुक छु । म त्यहाँ रहेका भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्नेछु ।’ साउदी अरेबिया जानुअघि प्रधानमन्त्री मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा ट्वीट गर्दै भनेका थिए ।  मोदीको तेस्रो कार्यकालमा उनको यो पहिलो साउदी अरब भ्रमण हुनेछ । यसअघि उनले २०१६ र २०१९ मा त्यहाँ भ्रमण गरेका थिए ।

सेप्टेम्बर २०२३ मा जी२० शिखर सम्मेलनको छेको पारेर मोहम्मद बिन सलमानले भारतको भ्रमण गरेपछि यो भ्रमण भएको हो । सोही समयमा, रणनीतिक साझेदारी परिषद्को पहिलो बैठक पनि सम्पन्न भएको थियो । भ्रमणको क्रममा दुई देशबिच कयौँ सम्झौतामा हस्ताक्षर हुन सक्ने मोदीले बताएका छन् । सम्झौताहरू अन्तिम स्वीकृतिको चरणमा रहेका र भ्रमणको क्रममा पूर्ण विवरणहरू साझा गरिने पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध
बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह 
देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह 
१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता
१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा
आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल