पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

सारांश

  • सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि उहाँ हाजिर हुनुभएको छ ।
  • यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो ।

८ वैशाख : सिरहा ।

सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि उहाँ हाजिर हुनुभएको छ । यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो ।

जसले गर्दा कार्यालयको दैनिक कामकाज प्रभावित भएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत राइनलाई आज नगर प्रमुख डा नवीनकुमार यादवले चादर ओढाएर डायरी र कलम दिँदै एक कार्यक्रमबीच नगरपालिकामा स्वागत गर्नुभएको छ । स्वागत गर्दै नगर प्रमुख यादवले अधिकृत राइनलाई नगरपालिकाको हरेक गतिविधिहरू जनताको पक्षमा गर्न निर्देशन दिनुभयो । उहाँले नगरको सकारात्मक परिवर्तनका लागि कर्मचारीको कुशल नेतृत्व गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गर्नुभयो ।

यस क्रममा प्रमुख प्रशासकीय अधिकृत मोहम्मद राइनले कुशल कार्यशैली अपनाएर जनमैत्री सेवा प्रवाह गर्न आफूले सकेको भूमिका निर्वाह गर्ने भन्दै सोही अनुरुप मातहतका कर्मचारीले पनि सकारात्मक सहयोग गर्नुपर्ने बताउनुभयो । लामो समय प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा नगरपालिकाले तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालनमा अवरोध पुगेको थियो । त्यसैगरी, सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको थियो भने ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउनबाट तथा कर्मचारी पारिश्रमिक पाउनबाट वञ्चित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध, तर बैठक जारी
प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध, तर बैठक जारी
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने