राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
८३ पटक हेरिएको
Shares
राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश

सारांश

  • सर्लाहीको हरिपुर्वा नगरपालिका निवासी राघवेन्द्र साह राजु राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।
  • नेपाली काँग्रेसका स्वर्गिय चर्चित नेता रामअशिष साहको कान्छो छोरा हाल हरिपुर्वा नगरपालिकाका मेयर बिनोद साहको भाई राजु साह राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गर्नुभएको हो ।
  • साह संगै उहाँका सर्मथकहरु समेत राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।

सर्लाही, ७ बैशाख ।

सर्लाहीको हरिपुर्वा नगरपालिका निवासी राघवेन्द्र साह राजु राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।

नेपाली काँग्रेसका स्वर्गिय चर्चित नेता रामअशिष साहको कान्छो छोरा हाल हरिपुर्वा नगरपालिकाका मेयर बिनोद साहको भाई राजु साह राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गर्नुभएको हो । साह संगै उहाँका सर्मथकहरु समेत राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।

आईतवार एक कार्यक्रमका बीच राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले साहलाई पार्टीको सदस्यता प्रदान गर्नुभयो । पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल नेता रामनरेश राय, बिनोद कुमार साह, हुसेन खान, दिनेश यादव, प्रमोद यादव लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले केही महिना यता आफ्नो गृह जिल्ला सर्लाहीमा पार्टी संगठन विस्तारमा तिव्रता दिनुभएको छ ।
सर्लाहीको विभिन्न पालिकाहरुमा अहिले नेता महतो पार्टीको संगठन विस्तारमा लाग्नुभएको हो । सर्लाहीमा कमै नजर आउने नेता महतो अहिले समाजिक कार्यदेखि विभिन्न समाजिक गतिविधिमा समेत सहभागी हुँदै आउनुभएको छ । नयाँ पार्टी गठन गरेपछि नेता महतो आफ्ना पुरा तथा नयाँ कार्यकर्ताहरुलाई पार्टीमा जोड्न दिनरात मेहत गरी रहनुभएको जिल्ला सचिव मुकेश यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु