२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश

 

सर्लाही, ७ बैशाख ।

सर्लाहीको हरिपुर्वा नगरपालिका निवासी राघवेन्द्र साह राजु राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।

नेपाली काँग्रेसका स्वर्गिय चर्चित नेता रामअशिष साहको कान्छो छोरा हाल हरिपुर्वा नगरपालिकाका मेयर बिनोद साहको भाई राजु साह राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गर्नुभएको हो । साह संगै उहाँका सर्मथकहरु समेत राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।

आईतवार एक कार्यक्रमका बीच राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले साहलाई पार्टीको सदस्यता प्रदान गर्नुभयो । पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल नेता रामनरेश राय, बिनोद कुमार साह, हुसेन खान, दिनेश यादव, प्रमोद यादव लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले केही महिना यता आफ्नो गृह जिल्ला सर्लाहीमा पार्टी संगठन विस्तारमा तिव्रता दिनुभएको छ ।
सर्लाहीको विभिन्न पालिकाहरुमा अहिले नेता महतो पार्टीको संगठन विस्तारमा लाग्नुभएको हो । सर्लाहीमा कमै नजर आउने नेता महतो अहिले समाजिक कार्यदेखि विभिन्न समाजिक गतिविधिमा समेत सहभागी हुँदै आउनुभएको छ । नयाँ पार्टी गठन गरेपछि नेता महतो आफ्ना पुरा तथा नयाँ कार्यकर्ताहरुलाई पार्टीमा जोड्न दिनरात मेहत गरी रहनुभएको जिल्ला सचिव मुकेश यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0

Post Comment

छुटाउनुभयो कि ?