संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
३० पटक हेरिएको
Shares
संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् ।
  • गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गदैं उनले पूर्वराजावादी या अरु कुनैपनि नाममा हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताए ।
  • बर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्रप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए ।

५ वैशाख, पोखरा ।

गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गदैं उनले पूर्वराजावादी या अरु कुनैपनि नाममा हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताए । बर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्रप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए । बर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको भनाइ छ । नेपालमा सात दशककको अन्तरालमा सातवटा संविधान बनेको उल्लेख गर्दै मन्त्री लेखकले पटकपटक संविधान बन्नु राम्रो नभएको बताए । संविधान भित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले  संविधान विरोधी गतिविधिका माध्यमबाट हत्याहिंशालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने जस्ता अराजक गतिविधि गर्न नपाइने र गरिएमा कानुन अनुसार कारवाही हुने बताउ ।

संविधानको सुरक्षा आजको आवश्यकता भएको भन्दै उनले बर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समिक्षा सहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने बताए । पछिल्ला वर्षमा लागु औषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रुपमा देखा परेको बताउँदै मन्त्री लेखकले  यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर कृयाशिल रहेको बताए ।   सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको भन्दै उनले जनतालाई सेवा दिने कुरामा कुनै किसिमको कसर बाँकी नराख्न आग्रह गरे । जिल्लास्थित जिल्ला प्रशासन कार्यालय संघको प्रतिनिधि रहेको उल्लेख गर्दै यस कार्यालयले संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन कृयाशिल हुनुपर्ने आवश्यकता औंल्याए  ।

सेवालाई नागरिक मैत्री तथा प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने उनले धारणा राखे । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमीलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिरेको बताए । बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिरेको उनले बताए । प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोड भन्दा नघट्ने गरी कोष समेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरण आदिमा सहयोग गरिरहेको उनले बताए । गत वर्ष कोरला नाका सञ्चालन समेत गरिएको भन्दै उनले त्यसलाई थप व्यवस्थित गर्दैै अघि लैजानुपर्ने आवश्यकता औंल्याए ।

सुरक्षा गोष्ठीमा प्रदेश अन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको छ । मन्त्री लेखकले आजै संघ मातहत रहेको आपतकालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । गण्डकी प्रदेशमा आपतकालीन बन्दोबस्ती क्षमता अभिबृद्धि गर्न निर्माण गरिएको आपतकालीन गोदम घरले संकटको समयमा तत्काल प्रभावकारी बन्दामेबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित
आज विश्व रक्तदाता दिवस
आज विश्व रक्तदाता दिवस
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै