सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
४४ पटक हेरिएको
Shares
धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु

सारांश

  • धनुषामा सातवटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ ।
  • बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो ।
  • तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

४ वैशाख, जनकपुर ।

धनुषामा सातवटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ । बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो । तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यक्रममा बोल्दै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अहिले मुलुकमा पुर्नउत्थानवादी शक्रिहरु फेरि क्रियाशील हुन थालेको भन्दै यसबाट सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

उनले संविधान गतिशिल दस्तावेज भएका कारणले समय अनुकुल परिमार्जन गरेर लैजानुपर्ने बताए । त्यसैगरि मधेस प्रदेशका मुखयमन्त्री सशितकुमार सिंहले संघीयता आएपछि विकासहरु धेरै भएको तर संघीयता समाप्त पार्ने तत्वहरु क्रियाशील रहेको र यसबाट सचेत हुनुपर्ने आवश्यकता रहेको बताए ।

उपसभामुखहरूको सम्मेलनमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, मधेस प्रदेशका बबिताकुमारी ईशर, बागमती प्रदेशका अप्सरा चापागाईं, गण्डकी प्रदेशका विना कुमारी थापा, लुम्बिनीका मेनुका खाँड केसी, कर्णालीका यशोदा न्यौपाने, सुदूरपश्चिमका कोइलीदेवी चौधरी उपस्थित छन् । यस्तै, यस सम्मेलनमा वरिष्ठ संविधानविद् काशीराज दाहाललगायतको उपस्थिति रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
केपी ओली कपमा आज दुई खेल हुँदै
केपी ओली कपमा आज दुई खेल हुँदै
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे
१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे
थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव
थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक