धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
३० पटक हेरिएको
Shares
धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु

सारांश

  • धनुषामा सातवटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ ।
  • बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो ।
  • तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

४ वैशाख, जनकपुर ।

धनुषामा सातवटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ । बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो । तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यक्रममा बोल्दै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अहिले मुलुकमा पुर्नउत्थानवादी शक्रिहरु फेरि क्रियाशील हुन थालेको भन्दै यसबाट सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

उनले संविधान गतिशिल दस्तावेज भएका कारणले समय अनुकुल परिमार्जन गरेर लैजानुपर्ने बताए । त्यसैगरि मधेस प्रदेशका मुखयमन्त्री सशितकुमार सिंहले संघीयता आएपछि विकासहरु धेरै भएको तर संघीयता समाप्त पार्ने तत्वहरु क्रियाशील रहेको र यसबाट सचेत हुनुपर्ने आवश्यकता रहेको बताए ।

उपसभामुखहरूको सम्मेलनमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, मधेस प्रदेशका बबिताकुमारी ईशर, बागमती प्रदेशका अप्सरा चापागाईं, गण्डकी प्रदेशका विना कुमारी थापा, लुम्बिनीका मेनुका खाँड केसी, कर्णालीका यशोदा न्यौपाने, सुदूरपश्चिमका कोइलीदेवी चौधरी उपस्थित छन् । यस्तै, यस सम्मेलनमा वरिष्ठ संविधानविद् काशीराज दाहाललगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्
एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्
मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण
मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार
सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने
राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने