नेप्से परिसूचक सात अङ्कले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
नेप्से परिसूचक सात अङ्कले बढ्यो

सारांश

  • आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
  • वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य छ र अन्य समूहको उपसूचक एक दशमलव शून्य सात प्रतिशतले घटेको छ ।
  • अरु सबै समूहको उपसूचक बढेको छ ।

काठमाडौँ, ३ वैशाखः

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य छ र अन्य समूहको उपसूचक एक दशमलव शून्य सात प्रतिशतले घटेको छ ।

अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी जलविद्युत् समूह एक दशमलव ६३ र विकास बैंक समूह एक दशमलव ११ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव शून्य पाँच, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ५५ र व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ । आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रू ५९ करोड ४१ लाख ५३ हजार नौ सय ६० बराबरको १९ लाख ५० हजार आठ सय छ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?
१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना