सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै
२ वैशाख, काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै अर्थमन्त्री पौडेललाई सोधेकी थिइन् ।अर्थमन्त्री पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पठाएको जवाफमा मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका हुन् ।
‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन । अधिकांश आर्थिक परिसूचकहरु सकारात्मक रहेकाले उक्त कुरा पुष्टि भएको छ । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध छ’ अर्थमन्त्री पौडेलको जवाफ छ ।गौतमको प्रश्न थियो- ‘बैंक तथा वित्तीय संस्थाहरु जस्तै कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा गरेको छ भने, पोखरा फाइनान्स समस्या उन्मुख छ । अर्थतन्त्र समस्याग्रस्त भएको यो संकेत हो । यस्ता समस्या कहाँ कहाँ छन् ? अर्थतन्त्रमा देखिएका यी समस्या समाधान गर्न सरकारका रणनीति के हुन ?’
जवाफमा अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय सँस्थाहरुको प्रभावकारी नियमन नेपाल राष्ट्र बैंकबाट भइरहेको बताएका छन् । कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त देखिएमा नेपाल राष्ट्र बैंकबाट तत्काल सुधार परीक्षण गरी आवश्यक नियमन गर्ने कार्य नियमित रुपमा हुँदै आएको जवाफमा उल्लेख छ । अर्थतन्त्रमा देखिएका वास्तविक समस्याहरु पहिचान गर्न र त्यस्ता समस्याहरुको लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनेको स्मरण गर्दै उक्त आयोगको प्रतिवेदनमा दिइएका सुझावहरू क्रमशः कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाइएको छ ।
Post Comment