पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य

सारांश

  • मध्यक्रमका ब्याट्सम्यानको नाटकीय पतन हुँदा पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.
  • ५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो ।

२७ असोज, अहमदाबाद । मध्यक्रमका ब्याट्सम्यानको नाटकीय पतन हुँदा पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । उनलाई मोहम्मद रिजवानले ४९ रन बनाउँदै राम्रो साथ दिए । कुनै समय २ विकेट गुमाएर १५५ रन बनाएर पाकिस्तान मजबुत स्थितिमा रहेको थियो । तर, कप्तान बाबर आउट भएपछि पाकिस्तानको पतन सुरु भयो । त्यसपछिका ब्याट्सम्यानमा हसन अलीले १२ रन बनाउनबाहेक अन्यले ठुलो यागेदान दिन सकेनन् । यसअघि ओपनर अब्दुल्लाह सफिकले २० तथा इमाम उल हकले ३६ रन बनाएका थिए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह
लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह
बाढीपहिरोले ताप्लेजुङका ४४ वडा उच्च जोखिममा
बाढीपहिरोले ताप्लेजुङका ४४ वडा उच्च जोखिममा
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड