जाजरकोटमा बिहान फेरि अर्को भूकम्प
२ वैशाख, काठमाडौं ।
पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो त्यसको करिब साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment