२६ भाद्र २०८२, बिहीबार

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

१ वैशाख, काठमाडौं ।

नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् । दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ ।

ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् । साथै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले दिन सक्ने छन् ।

हेर्नुहोस् २०८२ सालको बिदा सूची: 

वैशाख

वैशाखमा ४ दिन शनिबार परेका छन्। यसका अलावा आजै वैशाख १ गते नयाँ वर्षको बिदा छ भने १८ गते विश्व मजदुर दिवस तथा २९ गते एकैदिन चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्वको बिदा छ।

जेठ

जेठमा ५ दिन शनिबार। अनि जेठ १५ गते गणतन्त्र दिवस।

असार

असारमा ४ शनिबार। अन्य बिदा छैन ।

साउन

साउनमा ५ शनिबार। तर २४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन पनि परेका छन्।२५ गते गाईजात्रा पर्व काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा।

भदौ

भदौमा ४ शनिबार। भदौ ७ गते बुवाको मुख हेर्ने दिन पनि शनिबार नै परेको छ। १० गते हरितालिका (तीज)। १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा। ३० गते जितिया पर्व।

असोज

असोजमा ४ शनिबार। ३ गते संविधान दिवस। असोज ६ गते दसैँको घटस्थापना बिदा। यसपछि असोज १३ फूलपातीदेखि १८ गते (शनिबार) द्वादशीसम्म बिदा।

कात्तिक

कात्तिकमा ५ शनिबार। कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा। कात्तिक १० गते छठ पर्वको बिदा। कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको बिदा।

मंसिर

मंसिरमा ४ शनिबार। मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा। मंसिर १८ गते ज्यापु दिवसको बिदा।

पुस

पुसमा ४ शनिबार। पुस १० गते क्रिसमस डेको बिदा। पुस १५ गते तमु ल्होछार र पुस २७ गते पृथ्वी जयन्तीका बिदा।

माघ

माघमा ४ शनिबार। माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको बिदा। माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते सहिद दिवसका बिदा।

फागुन

फागुनमा ५ शनिबार। ३ गते महाशिवरात्रिको बिदा। फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस। १८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई-मधेसमा होली पर्वको बिदा। फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को बिदा।

चैत

चैतमा ४ शनिबार। ४ गते घोडेजात्राको बिदा (काठमाडौँ उपत्यकामा)। चैत १३ गते रामनवमीको बिदा।

हेर्नुहोस् वर्षभरिको बिदा सूची:

२०८२_सालको_सार्वजनिक_बिदा_सम्बन्धी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment