२६ जेष्ठ २०८२, आईतवार

एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा

 

३१ चैत,  सिरहा।

सिरहामा शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेश सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका संजीव लामाले आजकै मितिबाट एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टीप्रति असन्तुष्टि पोख्दै वडा अध्यक्ष लामाले आफ्नो फेसबुक स्टाटसमा वडाध्यक्ष तथा अन्य सबै जिम्मेवारीसहित एमाले पार्टीको साधारण सद्स्य समेत नरहने घोषणा गरेका छन्। वडाध्यक्ष लामाले पार्टी परित्याग गरेको निर्णयको कारण भने खुलाइएको छैन। तर शनिबार सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेशनमा एमाले नेता तथा मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले पार्टीमा हैकमवादी चलाएको र पार्टीको बिधान विपरीत कनिष्ठहरुलाइ जिल्ला सदस्यमा समावेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

उनले भने, ´सिरहामा एमाले पार्टी भित्र नातावाद हावी भएको देखिएकोले आफूले राजीनामा दिएको हुँ।’ उनले आफू कुनै नेताको दासानुदास बनेर बस्न नसक्ने भन्दै राजीनामा दिएको र यो कुनैपनी हालतमा फिर्ता नलिने बताए। लीलानाथ श्रेष्ठ मधेश प्रदेश इञ्चार्ज भएदेखि कार्यकर्ता दबाउने र नातावाद प्रवृत्ति हावीप्रती कार्यकर्ताहरु असन्तुष्ट रहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?