२६ जेष्ठ २०८२, आईतवार

भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु

 

३१ चैत, भोजपुर।

भोजपुर नगरपालिका-३ सेतीबगरमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment