Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
११२ पटक हेरिएको
Shares
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

सारांश

  • यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गतमा चिनियाँ विज्ञान अकादमी तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो ।
  • यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् ।
  • कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ ।

 

काठमाडौँ, ३० चैतः

 

चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गतमा चिनियाँ विज्ञान अकादमी तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो ।

यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् । कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ । यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा बिपद् वा महामारीको बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ । हुआङले भन्नुभयो, “हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपतकालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौं ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
सरकारी वार्ता टोली एमालेको कार्यालय निरिक्षणमा
सरकारी वार्ता टोली एमालेको कार्यालय निरिक्षणमा
आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने
आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने
खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर
खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने
नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय