आज ११ औं दिन पनि शिक्षकहरु सडकमै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
आज ११ औं दिन पनि शिक्षकहरु सडकमै

सारांश

  •  विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले आज (शनिबार) ११ औं दिन पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
  • सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
  • महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

३० चैत,  काठमाडौं ।

 विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले आज (शनिबार) ११ औं दिन पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शर्त पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति हुन सकेको छैन । आज ११ औं दिन पनि शिक्षकहरु सडकमा छन् । कतिपयले तलब वृद्धिको, पदस्थापनको वा सेवा सुविधाको विषयलाई लिएर मात्र आन्दोलन गरेको भन्दै आलोचना गर्दै आएका छन् । शिक्षकहरूले आफ्नो माग नभई समग्र शिक्षामा परिवर्तनको लागि आन्दोलन गरिरहेको बताएका छन् ।

‘विगतमा भएका सम्झौता कार्यान्वयन गर’, ‘शिक्षा ऐन जारी गर,’ हाम्रो माग पूरा गर’, ‘शिक्षक पेसालाई सम्मान गर’, लगायतका नारा लगाउँदै शिक्षकहरूले काठमाडौंमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलन आइतबारदेखि आमहड्तालमा परिणत भएको हो । शिक्षकहरूले आइतबारदेखि विद्यालयका उत्तरपुस्तिका परीक्षण, तालिम, गोष्ठी, सेमिनार, भ्रमणलगायतका कुनै पनि कार्यक्रम गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा
भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो
कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
भुटानका राजा पर्सि काठमाडौं आउँदै
भुटानका राजा पर्सि काठमाडौं आउँदै