संविधान पुनरावलोकनमा ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा.
  • शेखर कोइरालाले संविधान पुनरावलोकनमा ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् ।
  • आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

३० चैत, काठमाडौं ।

सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान पुनरावलोकनमा ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाले राजनीतिमा अहिले धेरै कुराहरू रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताए । एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए । संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताउँदै दण्डहिनता दिनप्रतिदिन बढिरहेको उल्लेख गरे । सांसद कोइरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गरे । सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताए । नेपाल आफ्नै खुट्टामा उभिन सक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने
प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक
प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
यस्तो छ आइतबार तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आइतबार तरकारी तथा फलफूलको मूल्य
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द