११ श्रावण २०८२, शनिबार

प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ

 

२९ चैत, काठमाडौं-

नेपाल प्रहरीले शुक्रबार भद्रपुरस्थित सीमाक्षेत्रबाट पक्राउ गरेपछि दुर्गा प्रसाईंले आफू नआत्तिएको बताएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । उनलाई चन्द्रगढी विमानस्थलसम्म प्रहरीले भ्यानमा हालेर ल्याएको थियो।

त्यहीक्रममा उनले तीन शब्द बोल्न पाए । विमानस्थल टर्मिनलतिर प्रहरीले लैजाँदै गर्दा उनले तीन शब्द बोले । ‘म आत्तेको छैन, यो तस्करविरुद्धको लडाइँ हो, आफैँ पक्राउ दिएको हो’, प्रहरीले धकेल्दै गर्दा उनले भने । प्रसाईंलाई प्रहरीले भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइसकेको छ। खासमा उनी भारतको आसाममा पक्राउ परेका थिए । तर भारतसँग सुपुर्दगी सन्धि नभएका कारण प्राविधिक कुरा मिलाएर भद्रपुरबाट समातिएको उल्लेख गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?