दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
२९ चैत, काठमाडौं ।
राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिँदै छ । प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्कालाई हिरासतमा राख्न परिसर लगिएको हो ।दुई जनालाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।
प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो । आज समर्थकले अवरोध गर्ने सम्भावना भएकाले म्याद थपमा लागि उनीहरूलाई आइतबार मात्र अदालतमा उपस्थित गराइने सम्भावना बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment