१४ चैत्र २०८२, शनिबार

अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा

 

२८ चैत, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि उनले बताइन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘वैदेशिक अनुदान र ऋणहरु पहिलाभन्दा कम हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ ।

हाम्रो वैदेशिक सहायताको स्थिति पहिला भन्दा कम छ ।’ तर, यो नराम्रो कुरा नभएको भन्दै उनले केही तथ्यांक प्रस्तुत गरिन् । उनले भनिन्, ‘२०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ, नेपालले आफ्नो राजस्व संकलन बढाएर लगेको देखिन्छ ।’उनले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको बताइन्  सबै नेपालीमा रहेको आर्थिक विकास र प्रगतिको आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् । ‘सबै नेपाली आर्थिक विकास र प्रगतिको आकाक्षी छौं ।

ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ’ उनले भनिन्, ‘विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्नेछ । द्रूत आर्थिक वृद्धि एवं विकासको आकांक्षा हामीलाई पूरा गर्नुछ ।’ विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको बताइन् । उनले पूँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध रहेको बताइन् । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उल्लेख गर्दै उनले भनिन्, ‘राजनीतिक स्थायित्व नहुँदा विगतमा समस्या देखिएका थिए, अब हट्छ ।’

Post Comment

छुटाउनुभयो कि ?