१२ चैत्र २०८२, बिहीबार

कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ

 

२५ चैत, बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले गरेको आदेशलगत्तै पक्राउ परेका लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो । लगत्तै, उनलाई शनिबार भैरहवा लगिएको थियो ।

शनिबार र आइतबार हिरासतमा बिताएका लामिछानेले सोमबार कारागार चलान भएका हुन् । लामिछाने कारागार चलान हुँदैगर्दा एक सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ ?’ भन्दै प्रश्न गरेका थिए ।जवाफमा उनले भनेका छन्, ‘केही भन्नु छैन, सम्मान छ ।’जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ ।यो कारागार ९० वर्ष पुरानो हो ।

Post Comment

छुटाउनुभयो कि ?