आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै
काठमाडौँ ।
जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदै छ ।मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल राती ७: ४५ बजेदेखि शुरु हुने छ । आइपिएलको यस सिजनमा मुम्बई इण्डियन्सले राम्रो शुरुवात गरेको छैन । अहिलेसम्म खेलेका ४ खेलमा ३ हार बेहोरेको छ भने एक खेल मात्र जितेको छ ।
त्यस्तै रोयल च्यालेन्जर्सले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ । मुम्बईका लागि अहिलेसम्म इन्जुरीका कारण नखेलेका जसप्रित बुमराह यस खेलमा खेल्ने भएका छन् । जसका कारण मुम्बईको आत्मविश्वास यस खेलमा बढ्ने देखिएको छ । समग्रमा यस सिजनमा पनि गत सिजनमा जस्तै मुम्बई लयमा देखिएको छैन । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दुई खेल जितेर तेस्रो खेल हार बेहोरेको थियो । समग्रमा रोयल च्यालेन्जर्स बैंगलुरु राम्रो लयमा देखिएको छ ।
Post Comment