डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
२६ पटक हेरिएको
Shares
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी

सारांश

  • वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् ।
  • नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले डढेलो नियन्त्रणमा सरकार गम्भीरताका साथ लागिरहेको बताए ।
  • मन्त्री शाहीले डढेलो नियन्त्रणमा सरकार पनि लागेर नहुने बताए ।

२४ चैत,  काठमाडौँ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले डढेलो नियन्त्रणमा सरकार गम्भीरताका साथ लागिरहेको बताए ।

मन्त्री शाहीले डढेलो नियन्त्रणमा सरकार पनि लागेर नहुने बताए । ‘वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ, सम्पूर्ण सरोकारवाला निकायहरू, नागरिक समाज, स्थानीय समुदाय, युवाहरूको भूमिका पनि महत्वपूर्ण छ,’ उनले भने । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले एउटा महत्वपूर्ण विपद्को रूपमा लिएर कार्यहरू गर्दै आएको बताए । ‘डढेलो व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्रहरू लागिरहेका छन् । केही हदसम्म वन डढेलोको न्यूनीकरण भएको छ’ उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि नेपाल सरकारसँग दमकलबाहेक अरू विकल्पहरू छैनन् । हामीले विभिन्न विकल्पहरू खोजी गरिरहेका छौँ ।’

मन्त्री शाहीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरू परिचालन गरिरहेको बताए । उनले जटिल भू-बनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज ह*त्या प्रकरण:  ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
वीरगञ्ज ह*त्या प्रकरण: ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’
छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति
विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति