११ श्रावण २०८२, शनिबार

तनहुँमा बस पल्टिँदा २० जना घाइते

 

तनहुँ – डुम्रे–बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन्। डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो।

प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ। घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। ‘गाडी साहु र चालकको खोजी भइरहेको छ,’ उनले भने, ‘कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?