मुक्तिनाथमा छ महिनासम्म महायज्ञ हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
४१ पटक हेरिएको
Shares
मुक्तिनाथमा छ महिनासम्म महायज्ञ हुने

सारांश

  • मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।
  • मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो ।
  • यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रा टोली चौथो दिन मुस्ताङको जोमसोमस्थित गणेश मन्दिरमा आइपुगेको छ ।

 

२२ चैत, मुस्ताङ

हिन्दू तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।

मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रा टोली चौथो दिन मुस्ताङको जोमसोमस्थित गणेश मन्दिरमा आइपुगेको छ । रथयात्रा टोलीमा स्वामी कमलनयनाचार्यसहित दर्जनौँ स्वामी पूजारी तथा दुई सयभन्दा बढी भक्तजनको सहभागिता रहेको छ । श्रीगजेन्दमो क्षनारायण–मुक्तिनाथ रथयात्रा टोली आज जोमसोमबाट कागबेनीधाम हुँदै मुक्तिनाथ पुगेर समापन हुने बताइएको छ ।

नवलपुरबाट जोमसोम आइपुगेको रथयात्रा टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित पर्यटन व्यवसायी तथा स्थानीय नागरिक, सुरक्षाकर्मी र कर्मचारीलगायतले स्वागतसत्कार गरेका थिए ।मुस्ताङको जोमसोममा राष्ट्रिय लोक भजन चुड्का संस्कृति प्रतिष्ठान शाखा मुस्ताङले रथयात्रा टोलीलाई भजनचुड्काद्वारा स्वागत गरेको थियो । प्रतिष्ठानद्वारा आयोजित स्वागत कार्यक्रममा मुक्तिनाथ मन्दिरका पीठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यले गण्डकीको सभ्यतालाई जोगाउन रथयात्रा तथा महायज्ञ चलाउने तयारी गरिएको बताए । उनले यसप्रकारको रथयात्रा बर्सेनि रहने र यसले हजारौँ पर्यटन मुक्तिनाथ आउने वातावरण तयार हुने बताए । मुक्तिनाथ क्षेत्र तपस्वीहरुले तपस्या गरेको स्थान भएको र यसक्षेत्रमा पाइने शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको स्वामी कमलनयनाचार्यले बताए ।

हामी जिन्दावाद र मुर्दावादको नारामा अल्झिने छोडेर सबैले आफ्ना आफ्ना सकारात्मक कर्म गरेर अघि बढ्नुपर्ने बेला आएको छ”, स्वामी कमलनयनाचार्यले भने, “यो रथयात्रा र महायज्ञले विश्वशान्तिको कामना र समुन्नत नेपालको परिकल्पना गरिनेछ ।” मुक्तिनाथका साथै सिङ्गो नेपालका लागि धार्मिक सद्भाव र पर्यटन विकासका लागि महायज्ञ ६ महिनासम्म मुक्तिक्षेत्रमा निरन्तर चल्ने स्वामी कमलनयनाचार्यले जानकारी दिए । श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रापछि चैत २४ गतेदेखि बडादसैँसम्म महायज्ञ हुनेछ । महायज्ञमा भगवान श्रीरामको आराधना गर्दै विश्वशान्ति र राष्ट्र समुन्नतिका लागि महासङ्कल्प हुनेछ । वेद, पुराण, रामायण, गीतालगायतका शास्त्रहरुको पाठ परायण गरेर महायज्ञ सञ्चालन हुने कागबेनीधामका पूजारी प्रताप आचार्यले जानकारी दिए । महयज्ञ अवधिभर विभिन्न पाठपरायण, हवन, रामायण पाठ, बेद पाठ र उपनिसद पाठ परायणलगायत अखण्ड हरिनारायण कीर्तन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
मिलन पाण्डेले पाए रास्वपा शिक्षा विभाग प्रमुखको जिम्मेवारी
मिलन पाण्डेले पाए रास्वपा शिक्षा विभाग प्रमुखको जिम्मेवारी
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह
ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह
३ हजार रुपैयाँले घट्यो सुनको मूल्य
३ हजार रुपैयाँले घट्यो सुनको मूल्य
सप्तरीमा ३३ सय किलो गाँजा बरामद
सप्तरीमा ३३ सय किलो गाँजा बरामद
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने
मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने