नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन

सारांश

  • क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन लागुऔषधसहित पक्राउ परेका छन् ।
  • गएको आइतबार बार्बाडोसको ग्रान्टली एडाम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
  •   स्रोतलाई उद्धृत गर्दै जमैका ग्लेअनेरले २० पाउन्ड (नौ किलो) गाँजासहित किर्टोन पक्राउ परेको जनाएको छ ।

 

काठमाडौं । क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन लागुऔषधसहित पक्राउ परेका छन् । गएको आइतबार बार्बाडोसको ग्रान्टली एडाम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।  स्रोतलाई उद्धृत गर्दै जमैका ग्लेअनेरले २० पाउन्ड (नौ किलो) गाँजासहित किर्टोन पक्राउ परेको जनाएको छ ।

किर्टोनले वेस्ट इन्डिजको युवा टिमबाट अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गरेका थिए । पनि पछि उनी क्यानडा पुगेका थिए । क्यानडाअघि उनले वेस्ट इन्डिजको यू–१९ टिमबाट समेत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गरेका थिए । बार्बाडोसमा गाँजा अवैध छैन । तर, यसको खेती गर्न अनुमतिपत्र आवश्यक हुन्छ । त्यहाँको सरकारले सन् २०१५ मा लागुऔषधसम्बन्धी कानुन खुकुलो बनाउँदै यो नियम ल्याएको थियो । यसलाई पूर्ण रूपमा वैधानिकीकरण भने नगरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । बार्बाडोसको कानुनानुसार, ५७ ग्रामसम्म गाँजा राख्नु अपराध नभए पनि सार्वजनिक रूपमा बोक्दा जरिवाना तिर्नुपर्ने हुन्छ । गत वर्ष क्यानडाको कप्तानी जिम्मेवारी पाएका किर्टोनले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ