भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

सारांश

  • भारतको सहयोगमा कूल ६२ करोड पाँच लाखको लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् ।
  • नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ ।
  • यी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधा प्रदान गर्न मद्दत गर्नेछ ।

२० चैत, काठमाडौं– 

भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भारतको सहयोगमा कूल ६२ करोड पाँच लाखको लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् ।

नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधा प्रदान गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले आज समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजनासहित नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरूमा कार्य गरेको छ । नेपालका सात वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताको सिर्जनाका क्षेत्रमा चार सय ९५ परियोजना पूरा गरेको छ । बाँकी परियोजना विभिन्न चरणहरूमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल