संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
१८ चैत, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातसँगै तेस्रो कार्यकालको लागि संभावना खोजिरहेको संकेत गरेका छन् । उनले एनबीसी न्यूजसँगको एक टेलिफोन अन्तर्वार्तामा ‘म गम्भीर छैन भन्ने होइन’ भन्दै तेस्रो कार्यकालको लागि केही तरिका छन् भन्दै पुनः राष्ट्रपति हुने आकांक्षा व्यक्त गरेका हुन् ।ट्रम्पको यो भनाइ अमेरिकी संविधानको २२औं संशोधन विरोधी छ ।

उक्त संशोधनले कुनै पनि व्यक्तिलाई दुई पटकभन्दा बढी राष्ट्रपति निर्वाचित हुनबाट रोक्छ । ट्रम्पले आइतवार फ्लोरिडाको मार-ए-लागोबाट दिएको अन्तर्वार्तामा भनेका छन्, ‘धेरै मानिसहरूले मलाई तेस्रो कार्यकालको लागि अनुरोध गरेका छन्, जुन एक हिसाबले चौथो कार्यकाल नै हो, किनभने २०२० को चुनाव पूर्ण रूपमा धाँधली भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment