२३ जेठमा पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
२३ जेठमा पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा

सारांश

  • नेपालमा खेलकुद सम्बन्धी बहस र छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ ।
  • जेठ २३ गते शुक्रबार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो ।
  • विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुन लागेको हो ।

 

१७ चैत, काठमाडौं ।

नेपालमा खेलकुद सम्बन्धी बहस र छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रबार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुन लागेको हो ।

नेपालमा एशियाली देशबाट रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने केही सिक्ने र केही सिकाउने मन्चका रुपमा यो कन्फ्रेन्स थालनी गर्न लागेका छौं ।’ नेपालका लागि एम्स दुत समेत रहेका नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘परम्परागत रुपमा चल्दै आएको नेपालको रनिङ विधाका साथै समग्र नेपाली खेलकुदको विकासमा यो कासेढुंगा सावित हुने अपेक्षा गरेका छौं, यस्तो कन्फ्रेन्स सम्भवतः दक्षिण एशियामै पहिलो हो।’ दक्षिण एसियाबाहिर अन्य एसियाली मुलुकमा केही अगाडि नै दौड सम्बन्धि यस्ता कार्यक्रम आयोजना हुँदै आएतापनि दक्षिण एशियामा पहिलोपटक नेपालमा यसवर्षदेखि सुरु गर्न लागिएको हो ।

थाइल्याण्डमा हरेक वर्ष एसिया रोड रेस फोरम हुनेगर्दछ । हरेक बर्ष अलग स्थानमा गर्ने अवधारण बमोजिम भियतनाम, सिंगापुर, इन्डोनेसियामा मास पार्टीसिपेसन वर्ल्ड(एमपिडब्ल्यु) कार्यक्रम हुँदै आएको छ । रेस नेपाल र नेपालगन्ज म्याराथनले इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागेको हो । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मुल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने उनले जनाए ।

कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहने छन् । पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग बिशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । त्यसैगरी, विश्व प्रतिष्ठित म्याराथनका प्रमुख व्यक्तित्वबाट ‘सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रुपमा म्याराथन’ बिषयमा विद्धत प्रवचन दिनेछन् भने ‘खेलकुद र पर्यटन : आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’ र ‘दिगो भविष्यका लागि दौड : स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवद्र्धन गर्दै’ गरी दुई बिषय रहनेछन् । हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन् ।

वक्ता र सहजकर्ताका बारेमा चाँडै टुंगो गरिने आयोजकले जनाएको छ । एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरुलाई एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मुल आयोजक समिति गठन गरिनेछ । कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली राष्ट्रहरु गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
भैरहवामा निकालियो सद्भाव र्‍याली
भैरहवामा निकालियो सद्भाव र्‍याली
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
वासना थापा: कर्णालीबाट चुनाव जित्ने पहिलो महिला
वासना थापा: कर्णालीबाट चुनाव जित्ने पहिलो महिला
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति