लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
१६ चैत, कैलाली-
धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलि ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीय कृष्ण खड्का रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित आज शनिबार पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment