४५ वर्षको उमेरमा विवाह गर्दै बाहुबली एक्टर प्रभास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
४५ वर्षको उमेरमा विवाह गर्दै बाहुबली एक्टर प्रभास

सारांश

  • प्रभासले पनि आफ्नो अभिनयबाट करोडौं युवतीको मन जितेका छन् ।
  • तर, तपाईका लागि ल्याएको खबरले लाखौं केटीहरूको मन तोड्न सक्छ।
  • प्रभास अब दुल्हा राजाको रूपमा घोडा चढ्न तयार भएका छन् ।

 

१५ चैत, हैदाराबाद-

साउथ सिनेमाका चर्चित अभिनेता प्रभासले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेका छन् । प्रभासले पनि आफ्नो अभिनयबाट करोडौं युवतीको मन जितेका छन् । तर, तपाईका लागि ल्याएको खबरले लाखौं केटीहरूको मन तोड्न सक्छ। प्रभास अब दुल्हा राजाको रूपमा घोडा चढ्न तयार भएका छन् । एक व्यापारीकी छोरीसँग उनको सम्बन्ध फाइनल भएको खबर आएको छ ।

प्रभास ४५ वर्षको उमेरमा दुलहा बन्न लागेका हुन् । उनका फ्यानहरु लामो समयदेखि अभिनेताको विवाहको प्रतिक्षामा थिए, अब फ्यानहरुको प्रतिक्षाको घडी समाप्त हुन लागेको छ । प्रभासले बाहुबलीको ‘देवसेना’ अनुष्का शेट्टीसँग ७ फेरा लगाउने छन, त्यस्तो होइन, बरु उनी एक व्यापारीको ज्वाइँ बन्न लागेका छन् । न्यूज १८ तेलुगुको रिपोर्ट अनुसार प्रभासको परिवारले सुपरस्टारका लागि दुलही फेला पारेको हो । यद्यपी ती युवती को हुन् र के गर्छिन् रु भन्ने बारेमा भने खुलाइएको छैन । बालिकाका बुबा हैदराबादका ठूला व्यापारी हुन्। हाल प्रभासको विवाहको महत्वपूर्ण विवरण गोप्य राखिएको छ ।

प्रभासले छिट्टै व्यापारीकी छोरीसँग विवाह गर्ने खबर पनि छ । परिवारले विवाहको तयारी सुरु गरेको बताइएको छ । श्यामला देवी (प्रभासकी काकी)विवाहको सम्पुर्ण तयारी हेर्दैछिन् । तर, यी बाहेक अन्य कुनै पनि ठूलो जानकारी बाहिर आएको छैन्। प्रभास सन् २०२४ मा आएको फिल्म ‘कल्की २८९८ एडी’ वाट थप चर्चामा थिए। फिल्ममा अमिताभ बच्चन, कमल हासन र दीपिका पादुकोणजस्ता दिग्गज कलाकारहरू पनि थिए। यो फिल्मले ११ सय करोडभन्दा बढी कमाई गरेर ब्लकबस्टर साबित भएको थियो ।

अहिले प्रभास ‘द राजा साब’ र ‘फौजी’ फिल्ममा व्यस्त रहेका छन् । ‘एनिमल’ र ‘कबीर सिंह’ जस्ता ब्लकबस्टर फिल्म बनाएका निर्देशक सन्दीप रेड्डीको फिल्म ‘स्पिरिट’को छायांकन पनि प्रभासले चाँडै सुरु गर्न लागेको खबर आइसकेको छ । तर अहिलेका लागि प्रभासले ‘कन्नप्पा’ मार्फत फ्यानलाई चकित पार्न लागेका छन् । २५ अप्रिलमा रिलिज हुने अभिनेता विष्णु मन्चुको यो फिल्ममा प्रभास क्यामियो गर्दै देखिने छन् । यसैबिच, उनको बिबाहको तयारी पनि साथसाथै भइरहेको समाचारले फ्यानहरू प्रभासले बल्ल जोडी भेटेको भन्दै खुसी भइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा बिहान फेरि अर्को भूकम्प
जाजरकोटमा बिहान फेरि अर्को भूकम्प
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै