२६ जेष्ठ २०८२, आईतवार

कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो

 

१४ चैत, काठमाडौं । कप्तान अनिल साहले अविजित अर्धशतक बनाएपछि मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितका साथ यात्रा टुंग्याएको छ । बिहीबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई हराउँदै मधेशले चौथो जित निकालेको हो । २६० रनको लक्ष्य ४६.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

मधेशको जितमा अनिलले ५३ बलमा ७ चौका र २ छक्कासहित अविजित ७० रन बनाए । रुपेश सिंह पनि २५ रनमा नटआउट रहे । त्यसअघि रोहन बिकले ३९, हरिशंकर साहले ३३ र पवन सर्राफले ३१ रन बनाए । बागमतीका सुर्य तामाङले २ विकेट लिए । रिजन ढकाल, गौतम केसी, बिपिन आचार्य र इशान पाण्डेले १-१ विकेट लिए । त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनाएको थियो । इशान पाण्डेले शतक बनाउँदै सर्वाधिक ११४ रनको पारी खेले । १२७ बल खेलेका उनले १४ चौका प्रहार गरे । उनले यहीक्रममा पीएम कपमा १००० रन पनि पूरा गरे ।

बागमतीका लागि १००० रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् । रिजन ढकाल र विवेक मगरले समान ३० रन बनाए । बिपिन आचार्यले २७ रन बनाए भने शुभ कंसाकारले २० रन बनाए । मधेशका हरिशंकर साह, पवन सर्राफ र कप्तान अनिल साहले २-२ विकेट लिँदा रुपेश सिंह र विशाल पटेलले १-१ विकेट लिए । यस हारका बाबजुद बागमतीको मधेशसहित ३ टिमसँग समान ८ अंक भएपनि नेटरनरेटमा अगाडि रहेर चौथो स्थानमा रहन सफल भयो । उपाधिका लागि शनिबार पुलिस र आर्मी खेल्ने पक्का भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?