सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह

सारांश

  • उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताउनुभएको छ ।
  • आज बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले कसैले भाषण गरेकै भरमा जनताको अधिकार खुम्च्याउन नहुने बताउनुभएको हो ।
  • “सङ्घीय लोकतान्त्रिक–गणतन्त्रात्मक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमीकमजोरी देखापरे यसका विधि परिवर्तन गर्न सकिन्छ, कसैले भाषण गरेकै भरमा व्यवस्था डगमगाउन दिन हुँदैन”, उहाँले भन्नुभयो ।

 

१४ चैत , काभ्रेपलाञ्चोक ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताउनुभएको छ । आज बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले कसैले भाषण गरेकै भरमा जनताको अधिकार खुम्च्याउन नहुने बताउनुभएको हो ।

“सङ्घीय लोकतान्त्रिक–गणतन्त्रात्मक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमीकमजोरी देखापरे यसका विधि परिवर्तन गर्न सकिन्छ, कसैले भाषण गरेकै भरमा व्यवस्था डगमगाउन दिन हुँदैन”, उहाँले भन्नुभयो । उहाँले संविधान संशोधन गर्नुपरे सबै पक्षसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो । मन्त्री सिंहले ‘स्मार्ट सिटी’को प्रसङ्गमा नेपालको सन्दर्भमा कस्तो बनाउने भन्नेबारे ‘ग्लोबल रिजनल र इन्टरनेशनल’ अभ्यासका सूचकबारे बुझेर अघि बढ्ने बताउनुभयो ।

बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका तीन नगरपालिकाहरु बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैंक (एडिबी)ले चासो दिएको र सो विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माण अघि बढाइने मन्त्री सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ
सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ
करोडौँको योजना कार्यान्वयन हुन सकेन
करोडौँको योजना कार्यान्वयन हुन सकेन
चक्रघट्टालाई पनि अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण
चक्रघट्टालाई पनि अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू