बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए

सारांश

  • काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्बको अभौतिक मुद्रा कारोबार गर्ने गिरोहका ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षकै विकाश कुमार रहेका छन्  ।
  • अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका-३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१३ चैत, काठमाडौं ।

काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्बको अभौतिक मुद्रा कारोबार गर्ने गिरोहका ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षकै विकाश कुमार रहेका छन्  । अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका-३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घर भाडामा लिएर अनलाइन जुवा खेलिरहेको अवस्थामा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले २ अर्ब रुपैयाँ भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने/खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार समेत गरेको देखिन आएको प्रहरीको भनाइ छ । पक्राउ परेका ११ जनालाई काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल, ५ थान ल्याप्टप, हिसाबकिताब अभिलेख राखिएको ४ थान नोट बुक, १४ थान भारतीय बैंक खाता चेक बुक, २७ थान भारतीय एटीएम कार्ड र ४० थान भारतीय सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना