रास्वपालाई प्रचण्डले सोधे : गणतन्त्रबारे तपाईंहरुको नीति के हो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
रास्वपालाई प्रचण्डले सोधे : गणतन्त्रबारे तपाईंहरुको नीति के हो ?

सारांश

  • विपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शासन व्यवस्थाप्रतिको प्रतिवद्धताबारे कुराकानी भएको छ ।
  • बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा विपक्षी दलहरूको बैठक बसेको थियो ।
  • जहाँ माओवाद केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।

१३ चैत, काठमाडौँ ।

विपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शासन व्यवस्थाप्रतिको प्रतिवद्धताबारे कुराकानी भएको छ । बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा विपक्षी दलहरूको बैठक बसेको थियो । जहाँ माओवाद केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्थाप्रति रास्वपाको धारणा के हो भनेर समाजमा कुराकानी हुने गरेको भन्दै विषय प्रवेश गराएका थिए । आफूलाई रास्वपा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको सुरुदेखि नै लाग्दै आएको प्रचण्डले बताए । तर, समाजमा कतिपयमा आशंका वा जिज्ञासा रहेको भन्दै विषय प्रवेश गराएपछि रास्वपाका नेताहरूले आफूहरु गणतन्त्रप्रति प्रतिवद्ध रहेको जवाफ फर्काए । बैठकमा रास्वपाका सभापतिद्धय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार थिए ।

आफूहरुले जलेश्वर बैठकबाट शासन व्यवस्थाबारेको धारणा आम रुपमै सार्वजनिक गरेको भन्दै वाग्लेले ‘आफूहरू गणतन्त्रप्रति प्रतिवद्ध रहेको र यसमा कसैले शंका गर्नुपर्ने कारण नरहेको’ बताए । अर्का उपसभापति अर्यालले पनि गणतन्त्रको विकल्प नरहेको बताए । शासन सञ्चालनमा रहेका पात्रका सम्बन्धमा प्रश्न गर्नु व्यवस्थाको विरोध गर्नु नरहेको भन्दै अर्यालले आफूहरु गणतन्त्रप्रति प्रतिवद्ध र प्रष्ट रहेको बताए । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपा अध्यक्ष महिन्द्र राय यादव, माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्ति बस्नेत, प्रमुख सचेतक हितराज पाण्डे लगायतका नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध
पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए
उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए