११ श्रावण २०८२, शनिबार

प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

 

१३ चैत, काठमाडौं । प्रतिपक्षमा रहेका राजनीतिक दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा उनीहरुले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् ।

विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएका थिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न आग्रह गरे । तर, सांसदहरू उभिरहेपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेपछि स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?