बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

सारांश

  • बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ ।
  • प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
  • प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ ।

९ चैत, काठमाडौं ।

बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उहाँको भनाइ छ । सो अवधिमा चालुतर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७ दशमलव ६९ प्रतिशत, प्रदेशसभा सचिवालयले ३८ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले नौ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको सूचना अधिकारी सन्यालले बताउनुभयो । चालु आवको दोस्रो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको छ । योजनाहरु कार्यान्वयनमा जान नसकेकाले खर्च कम देखिएको छ ।

राजस्व सङ्कलन बर्सेनि घट्दो

बागमती प्रदेशको राजस्व सङ्कलन बर्सेनि घट्दै गएको छ । चालु आवको आठ महिनाको अवधिमा बागमती सरकारले लक्ष्यको ३८ दशमलव १३ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सूचना अधिकारी सन्यालका अनुसार साउनदेखि फागुन मसान्तसम्ममा रु २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ । चालु आवमा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा आठ महिनामा ती सबै शीर्षकबाट रु २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार मात्र राजस्व सङ्कलन भएको सूचना अधिकारी सन्यालले जानकारी दिनुभयो ।


प्रदेश सरकारले चालु आवमा राजस्व बाँडफाँडबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा सो अवधिमा लक्ष्यको ४७ दशमलव ०३ प्रतिशतअर्थात् रु १३ अर्ब ९० करोड २७ लाख ६८ हजार मात्र राजस्व सङ्कलन भएको छ । यस्तै सङघीय सरकारबाट रु १५ अर्ब ५७ करोड ५६ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकामा चालु आवको आठ महिनामा लक्ष्यको ५२ दशमलव ५८ प्रतिशत अर्थात् रु आठ अर्ब १८ करोड ९९ लाख ६४ हजार अनुदान प्राप्त भएको छ । प्रदेश सरकारको आन्तरिक स्रोतबाट रु चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा सो अवधिमा लक्ष्यको ५२ दशमलव ४१ प्रतिशत अर्थात् रु दुई अर्ब ३७ करोड ८५ लाख ८८ हजार राजस्व मात्र सङ्कलन भएको सूचना अधिकारी सन्यालले बताउनुभयो । यसअघि अघिल्लो आवमा बागमती प्रदेशको राजस्व रु नौ अर्ब तीन करोड ३१ लाख २७ कम सङ्कलन भएको थियो ।

प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ती सबै शीर्षकबाट रु ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व सङ्कलन गर्न सकेको थियो । आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । प्रदेश सरकारले आव २०७९/८० मा रु ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकोमा रु ४५ अर्ब ८ड करोड राजस्व सङ्कलन गरेको थियो । सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिकमन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले राजस्वमा कमी आएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताउनुभयो ।

(रासस)   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक बस्दै
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर