चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताउनुभएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त जोशीले गर्नुभएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र (प्रवेश–पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
  • उल्लिखित १४ नाकामध्ये बझाङस्थित उरै भञ्ज्याङ पनि रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

७ चैत, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त जोशीले गर्नुभएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र (प्रवेश–पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको बताउनुभयो । उल्लिखित १४ नाकामध्ये बझाङस्थित उरै भञ्ज्याङ पनि रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । सो नाका सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय एवं कूटनीतिक तवरमा पहल भइरहेको उहाँले बताउनुभयो ।

सांसद जोशीको अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विकाससम्बन्धी कार्य गर्ने कार्यालय बनाई सडक, खानेपानी, सिँचाइ तथा नदी नियन्त्रण, पूर्वाधार विकासलगायत कार्य एकीकृत रुपमा सञ्चालन गर्ने सम्बन्धमा आएको सुझाव सराहनीय रहेको बताउनुभयो । हाल स्थानीय तहबाट कतिपय सेवा एकीकृत रुपमै प्रदान भइरहेको उहाँले बताउनुभयो । एकीकृत रुपमा तीन तहका सरकारको कामको प्रकृति र कार्यबोझका आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन र कर्मचारीको व्यवस्थापन गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपालको संविधानले गरेको व्यवस्थाबमोजिम साविकमा केन्द्रीय सरकारले गर्ने कतिपय काम हालको व्यवस्थामा प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा परेका उहाँले बताउनुभयो ।

तीन तहकै सरकारले जिल्लामा छुट्टाछुट्टै कार्यालय स्थापना गरी सेवा प्रदान गर्न सम्भव नहुने हुँदा केही जिल्ला कार्यक्षेत्रमा रहने गरी डिभिजन कार्यालयमार्फत सेवा प्रदान हुँदै आइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालमा नै रोजगारी प्राप्त गर्न सकिने विश्वास दिलाउन सरकारले निरन्तर प्रयास गर्दै आइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । देशभित्र मर्यादित रोजगारीका लागि उद्यमशीलताको विकास र आन्तरिक रोजगारीको प्रवद्र्धन गर्ने उद्देश्यले पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनमा रहेको उहाँले बताउनुभयो । व्यावसायिक तथा सीप विकास तालिम प्रदान गर्न र वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप प्रमाणीकरण गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

न्यूनतम रोजगारी प्रत्याभूत गर्न नेपाल सरकारले सञ्चालन गरेको रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म करिब आठ लाख सूचीकृत बेरोजगारले रोजगारीका अवसर प्राप्त गरेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । आन्तरिक रोजगारीका अवसर अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आगामी दश वर्षका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरिएको उहाँले बताउनुभयो । “यसबाट युवाहरू नेपालमा नै रोजगार र स्वरोजगारका क्रियाकलापमा संलग्न हुने सरकारको विश्वास छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
सर्लाहीको बसबरियामा ट्याक्टरमा च्यापिएर एक वृद्धको मृ*त्यु, चालक फरार