Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस

सारांश

  •   कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।
  • कोशी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार आजको बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ ।

७ चैत, विराटनगर । 

कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । कोशी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री भण्डारीले समस्याग्रस्त सहकारी संस्था तथा सङ्घ व्यवस्थापन समितिको सदस्य–सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि रु एक करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृति प्रदान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा रु एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा रु एक अर्ब १० करोड स्वीकृत गर्ने निर्णय गरेको छ । साथै उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि रु एक करोड ५० लाख बाँटफाँड गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि आजकै बैठकले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
समर्थन गुमाएको सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई
समर्थन गुमाएको सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै