पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
७२ पटक हेरिएको
Shares
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने

सारांश

  • स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण क्याम्पस (पीएन) पोखरामा भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ ।
  • निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने जानकारी दिएको हो ।
  • त्रुटि भएको मतपत्र रद्द गरी नयाँ छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान सुरु गर्न नसकिएको हुँदा ६ चैत बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिएका छन् ।

५ चैत, पोखरा ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण क्याम्पस (पीएन) पोखरामा भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ । निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने जानकारी दिएको हो । त्रुटि भएको मतपत्र रद्द गरी नयाँ छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान सुरु गर्न नसकिएको हुँदा ६ चैत बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिएका छन् । उनले मतदात प्रक्रियालाई सहयोग गरिदिन पनि विद्यार्थी संघ, संगठनलाई आग्रह गरेका छन् ।

मतपत्रमा समानुपातिकतर्फ अखिल छैटौंको चिह्न नै नभएपछि उत्पन्न विवादका कारण मतदान नै सुरु हुन सकेको थिएन निर्वाचन समितिले गल्ती स्वीकार गर्दै फेरि मतपत्र छापेर निर्वाचन प्रक्रियामा जाने बताएको थियो । निर्वाचन समितिको त्रुटिका कारण निर्वाचन नै अन्योल भएको भन्दै विद्यार्थी संगठनले नाराबाजी र प्रदर्शन गर्दै छिटो निर्वाचन गराउन माग गरेका थिए ।नाराबाजीकै क्रममा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबीच सामान्य झडपसमेत भएको थियो । निर्वाचन समिति र क्याम्पस प्रशासनविरुद्ध विद्यार्थीले नाराबाजीसमेत अहिले पनि गरिरहेका छन् ।

अनेरास्ववियु र नेवि संघ क्याम्पस गेटमा नाराबाजीका बीच धकेलाधकेल हुन थालेपछि प्रहरीले स्थिति बिग्रन दिएको थिएन । क्याम्पस गेटमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । समानुपातिकतर्फको मतपत्रमा चिह्न नै समावेश नगरी छापेर निर्वाचन समितिले चुनाव नै प्रभावित गर्न खोजेको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाइरहेका छन् । पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ ।

अनेरास्ववियुको बिरासत तोड्न अहिलेसम्म अरू संगठनले सकेका छैनन् । यसपटक भने संगठनहरू बिरासत जोगाउने र भत्काउने रणनीतिमा छन् । स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी चुनावी मैदानमा छन् । यसैगरी अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषद्‍बाट दिप्सन गुरुङले पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीले साथ दिएका छन् । कास्कीमा नेकपा माओवादी केन्द्रको गुटगत राजनीतिको प्रभाव विद्यार्थी चुनावमा पनि देखिएको छ । पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीबीच विवाद भएपछि अघिल्लो स्ववियु निर्वाचन पनि हुन सकेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
माझफाँट–लेकफाँट सडक कालोपत्र
माझफाँट–लेकफाँट सडक कालोपत्र
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
लागूऔषध सहित चार जना पक्राउ
लागूऔषध सहित चार जना पक्राउ
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न
कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न
नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न