कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध

सारांश

  • धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा नेकपा (एमाले) निकट अनेरास्ववियुले सोमबार बेलुका तालाबन्दी गरेको छ ।
  • स्ववियू निर्वाचनमा पराजित हुने मानसकिताले ताला लगाएको  अखिल (क्रान्तिकारी)सहित अन्य तीन विद्यार्थी संगठनले आरोप लगाएका छन् ।
  • अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, नयाँशक्ति विद्यार्थी संगठनले उम्मेदवारी दर्ताको विषयमा छानविनका लागि कलेज प्रशासनसमक्ष माग राखेपछि अखिलले छानविन नै नगरी निर्वाचन गरिनुपर्ने भन्दै तालाबन्दी गरेर निर्वाचन विथोलेको तीन विद्यार्थी संगठनको आरोप छ ।

५ चैत, ललितपुर ।

धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा नेकपा (एमाले) निकट अनेरास्ववियुले सोमबार बेलुका तालाबन्दी गरेको छ । स्ववियू निर्वाचनमा पराजित हुने मानसकिताले ताला लगाएको  अखिल (क्रान्तिकारी)सहित अन्य तीन विद्यार्थी संगठनले आरोप लगाएका छन् ।

अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, नयाँशक्ति विद्यार्थी संगठनले उम्मेदवारी दर्ताको विषयमा छानविनका लागि कलेज प्रशासनसमक्ष माग राखेपछि अखिलले छानविन नै नगरी निर्वाचन गरिनुपर्ने भन्दै तालाबन्दी गरेर निर्वाचन विथोलेको तीन विद्यार्थी संगठनको आरोप छ ।

यसअघि अखिलले उम्मेदवारी दर्ताको समयसीमा कटिसकेपछि उम्मेदवारी दर्ता गरेकाले आफूहरुले छानविको माग गरेको अखिल क्रान्तिकारीले बताएको छ । देशभरका क्याम्पसहरुमा स्ववियू निर्वाचन भइरहँदा उक्त कलेजमा तालाबन्दीसँगै निर्वाचनमा अवरोध भएको छ ।

सत्तासीन दलको भ्रातृ संगठनको तालाबन्दीका कारण चैत १३ गतेदेखि सुरु हुने इन्जिनियरिङ अध्ययन संस्थानको बोर्ड परीक्षसमेत अवरुद्ध हुने अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । तालाबन्दीका कारण परीक्ष प्रवेशपत्र तथा परीक्षा फर्म भर्न समस्या भएको विद्यार्थीहरुको गुनासो छ ।

यसैबीच यथाशिघ्र तालाबन्दी हटाएर स्ववियू निर्वाचन गर्न र बोर्ड परीक्षमा सहभागी हुने विद्यार्थीलाई समस्यामा नपार्न तीन विद्यार्थी संगठनले अखिललाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा
अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश
अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश