२६ जेष्ठ २०८२, आईतवार

देउवाले बोलाए पदाधिकारी बैठक

४ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । समसामयिक राजनीति  र आन्तरिक विषयमा छलफल गर्नका लागि देउवाले मंगलबार बस्नेगरी बैठक बोलाएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

‘समसामयिक राजनीति र आन्तरिक राजनीतिको विषयमा छलफल गर्न सभापतिले पदाधिकारीको बैठक बोलाउनुभएको छ,’  यादवले  भने, ‘बैठक सभापतिको निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्नेछ ।’

पछिल्लो समय राजावादीहरू सक्रिय हुन थालेपछि पार्टीले यसबारेमा पनि छलफल गर्ने यादवले जानकारी दिए । सत्तारुढ दल एमालेले पनि आजै सचिवालय बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment