देउवाले बोलाए पदाधिकारी बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
देउवाले बोलाए पदाधिकारी बैठक

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
  • समसामयिक राजनीति  र आन्तरिक विषयमा छलफल गर्नका लागि देउवाले मंगलबार बस्नेगरी बैठक बोलाएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
  • ‘समसामयिक राजनीति र आन्तरिक राजनीतिको विषयमा छलफल गर्न सभापतिले पदाधिकारीको बैठक बोलाउनुभएको छ,’  यादवले  भने, ‘बैठक सभापतिको निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्नेछ ।

४ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । समसामयिक राजनीति  र आन्तरिक विषयमा छलफल गर्नका लागि देउवाले मंगलबार बस्नेगरी बैठक बोलाएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

‘समसामयिक राजनीति र आन्तरिक राजनीतिको विषयमा छलफल गर्न सभापतिले पदाधिकारीको बैठक बोलाउनुभएको छ,’  यादवले  भने, ‘बैठक सभापतिको निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्नेछ ।’

पछिल्लो समय राजावादीहरू सक्रिय हुन थालेपछि पार्टीले यसबारेमा पनि छलफल गर्ने यादवले जानकारी दिए । सत्तारुढ दल एमालेले पनि आजै सचिवालय बैठक बोलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ