११ श्रावण २०८२, शनिबार

माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु

 

२७ फागुन,  विराटनगर। जंगली हात्तीको आक्रमणमा परी मोरङको लेटाङ नगरपालिका–९ बाह्रोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको छ। माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका उनी अबेरसम्म नफर्केपछि खोजी गरिएको थियो। त्यस क्रममा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा सोमबार राति ९ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले माछा मार्न भनेर घरबाट हिँडेका लिम्बूको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए। घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको यकिन भएको उनले बताए । शव घोप्टो परेको अवस्थामा भेटिएको थियो। घटनास्थल वरपर हात्ती हिँडेको डोबहरु पनि थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?