१० श्रावण २०८२, शुक्रबार

दुई दिन लगातार बढेको सुनको मूल्य आज घट्यो

 

२७ फागुन, काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनदेखि बढिरहेको सुनको मूल्य मङ्गलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

सुन तोलामा १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा १ सय र सोमबार पनि १ सय रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । ताेलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?